विचौलियासँग न्यायाधीशको भेटघाटको समाचार छाप्दा न्याय सम्पादनमा असर गर्‍याे : सर्वाेच्च

0
Quantam abroad studies

काठमाडौं, कात्तिक १६

सर्वोच्च अदालतले बिचौलियासँग न्यायाधीशको भेटघाटबारे समाचार प्रकाशन गर्दा ्रन्याय सम्पादनमा असर परेको निष्कर्ष निकालेको छ । सोमबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकले सार्वजनिक भएका विषयमा पूर्वाग्रहबिना निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानुनअनुसार छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको उल्लेख गर्दै यसमा अडिग रहेको जनाएको छ।

sahani furniture udyog


सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा कानुनअनुसार निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न र सहयोग गर्न प्रतिबद्ध रहेको पनि बैठकले बताएको छ। न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन गर्दा आम जनता तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपर्ने कुरामा ध्यान दिन बैठकले आग्रह गरेको छ। 
त्यस्तै, छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।


त्यस्तै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत न्यायकर्मीहरूलाई आग्रह गरिएको प्रवक्ता तथा सह–रजिस्ट्रार अशोककुमार क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.