झापाको जलथल जंगलमा मृत जंगली हात्ती फेला

0
Quantam abroad studies

झापा, कचनकवल–७ स्थित पाथीभरा सामुदायिक वनमा एक वयस्क भाले जंगली हात्ती मृत फेला परेको छ। करिब डेढ महिनाअघि मरेको अनुमान गरिएको हात्ती बुधबार साँझ सडेगलेको अवस्थामा भेटिएको हो।

स्थानीयहरूका अनुसार ३–४ वटा जंगली हात्तीले मृत हात्तीलाई घेरिराखेका कारण साँझ कोही पनि घटनास्थलसम्म पुग्न सकेनन्। बिहीबार बिहान मात्र डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय बनियानीको टोली घटनास्थल पुगेर निरीक्षण गरेको थियो।

sahani furniture udyog

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार हात्तीको शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा फेला परेको छ भने दाराको टुप्पो काटिएको छ। स्थानीय वडा सदस्य शेरबहादुर थेबेका अनुसार मृत हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको छ।

यो चालु आर्थिक वर्षमा झापामा जंगली हात्ती मृत फेला परेको पहिलो घटना हो। गत आर्थिक वर्षमा चारवटा हात्ती मृत फेला परेका थिए। यसै वर्ष हात्तीको आक्रमणमा परी झापामा चार जनाले ज्यान गुमाइसकेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.