मुख्यमन्त्री सतिशकुमार सिंहलाई यस वर्षको ‘महामूर्ख’ उपाधि

0
Quantam abroad studies

जनकपुरधाम – यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ। होली पर्वको अवसरमा आयोजित ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुक्रबार जनकपुरधाममा उक्त घोषणा गरिएको हो।

मिथिला नाट्यकला परिषद् (मिनाप) द्वारा हरेक वर्ष आयोजना गरिँदै आएको यो कार्यक्रममा हास्यव्यङ्ग्य प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रमसमेत समावेश हुने गर्दछ। मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकका अनुसार, होली पर्वसँग सम्बन्धित पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषाको परम्परागत जोगिरा गीतको संरक्षणका लागि यो कार्यक्रम आयोजना गरिन्छ।

‘मिथिलाञ्चल क्षेत्रमा जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ, जबकि भोजपुरी गीतको प्रभाव बढिरहेको छ। यही कारण मिनापले होली महोत्सव र महामूर्ख सम्मेलनमार्फत पुरानो संस्कृतिलाई बचाउने प्रयास गर्दै आएको छ,’ मल्लिकले भने।

sahani furniture udyog

महामूर्ख उपाधि २०६१ सालदेखि प्रदान गर्न थालिएको हो। सो उपाधि पहिलो पटक मैथिली कवि नरेश ठाकुरलाई दिइएको थियो। त्यसपछि क्रमशः एमाले नेता शीतल झा, जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी, सद्भावना पार्टीका नेता ओमकुमार झा, साहित्यकार डा. राजेन्द्र विमल, पूर्वमन्त्री रामचन्द्र झा, राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार रामभरोष कापडी भ्रमर, नेपाली कांग्रेस नेता रामसरोज यादव, र तमलोपाका नेता डा. विजयकुमार सिंहसम्म विभिन्न व्यक्तित्वहरूले प्राप्त गरिसकेका छन्।

यस वर्षको महामूर्ख उपाधि मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने निर्णयसँगै कार्यक्रमले थप चर्चा पाउने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.