तिलौराकोट दरबार क्षेत्र भित्र २७० बौद्ध भिक्षुको रात्री बास , पुरातात्त्विक सम्पदामा क्षति पुग्ने 

0
Quantam abroad studies

कपिलवस्तु, चैत्र १ –  कपिलवस्तु नगरपालिका-३ स्थित ऐतिहासिक तिलौराकोट दरबार क्षेत्र बौद्ध भिक्षुहरूको अस्थायी ध्यान केन्द्र बनेको छ। थाइल्यान्डका २७० जना बौद्ध भिक्षुहरू थाई धर्मगुरु पर्ह जरन कामोन को नेतृत्वमा भारतका विभिन्न बौद्धस्थलको भ्रमण गर्दै आज तिलौराकोट आइपुगेका हुन्। उनीहरू भोलि बिहान सूर्योदयसँगै पदयात्रा गर्दै लुम्बिनी प्रस्थान गर्ने छन्।

भारत हुँदै नेपाल प्रवेश गरेका भिक्षुहरू आफैंसँग भान्से, खाद्यान्न, पानी, जुस तथा अन्य आवश्यक सामग्री भारतबाटै लिएर आएकाछन्। उनीहरूको व्यवस्थापनका लागि थाइल्यान्डबाट आएका २० सेवक र भारतको बोधगया स्थित ट्राभल्स कम्पनीका १० जना प्रतिनिधि समेत संलग्न छ्न । उनिहरुलाइ भारतको बोद्द गया स्थित आलोक टुर एन्ड ट्राभल्स ले ५ बस र एक इनोभामा लिएर आएको छ । 

तिलौराकोट दरबार क्षेत्र ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले संवेदनशील भएकाले रातभर बास बस्न नदिने भन्दै सुरक्षा गार्डले उनिहरुलाइ रोकेका थिए। तर, लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासनिक अधिकारी चुरामणि भट्टराईको ठाडो आदेश पछि भिक्षुहरूलाई बस्न अनुमति दिइएको स्रोतले जानकारी दिएको छ । उनिहरु जथाभावी पुरातात्त्विक संरचना माथि हिडडुल गर्ने माथि बस्ने र संरचना माथि नै टेन्ट राख्दै तिलौराकोट दरबार क्षेत्र  जस्तो महत्वपुर्ण सम्पदाको धज्जि उडाइ रहेका छ्न ।

sahani furniture udyog

                                                                      कपिलवस्तु पर्यटन विकास समितिका अध्यक्ष हरिश चन्द्र खनाल ले तिलौराकोट दरबार क्षेत्रमा अस्थायी टेन्ट राखि २७० मानिस रात बस्न दिनु राम्रो होइन । उनिहरुले जथाभावी पुरातात्त्विक संरचना माथि बस्नु हिडडुल गर्नु र टेन्ट राख्नुले त्यहाको मह्त्व घटाइरहेको र तिलौराकोट दरबार क्षेत्रको संरक्षणमा दिर्घकालिन असर पर्ने समेत बताएका छ्न । 

विशेषज्ञहरूका अनुसार, ऐतिहासिक सम्पदाको संरक्षण पहिलो प्राथमिकता हुनुपर्छ। यस क्षेत्रमा जथाभावी टेन्ट राखेर बास बस्न दिने निर्णयले तिलौराकोटको दीर्घकालीन संरक्षणमा असर पार्न सक्छ ।

ध्यान तथा प्रार्थना धार्मिक रूपमा सकारात्मक भए पनि ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने स्थानीयवासी तथा संस्कृति प्रेमिहरु बताउछ्न । उनीहरूले सम्बन्धित निकायलाई ऐतिहासिक सम्पदाको दीर्घकालीन सुरक्षाका लागि स्पष्ट नीति बनाउन आग्रह समेत गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.