
काठमाडौं — हाल देशमा पश्चिमी वायु, स्थानीय प्रणाली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी भू–भागमा वर्षा भइरहेको छ भने पानी पार्ने प्रणाली सुदूरपश्चिम र कर्णाली हुँदै पूर्वतिर सर्दैछ। आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा बदली रहनेछ भने अन्यत्र मौसम सफा रहने पूर्वानुमान छ।
कोशी र गण्डकीका उच्च हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ। साथै, पश्चिमबाट सक्रिय बादलका कारण थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
