अमेरिका–भारत व्यापार तनाव: ट्रम्पको चेतावनी, मोदीको अडान

0
Quantam abroad studies

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएसँगै व्यापारिक तनाव चुलिएको छ। यसअघि नै लागु गरिएको २५ प्रतिशत भन्सार शुल्कसँग थपिएको नयाँ करले भारतको निर्यातमाथि ५० प्रतिशतसम्म शुल्क लाग्ने अवस्था आएको छ। ट्रम्पले यो शुरुवात मात्रै भएको बताउँदै अझ कडा कदम चालिने संकेत गरेका छन्।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भारतबाहेक पनि धेरै देशले रुसबाट तेल खरिद गरिरहे पनि भारतलाई किन लक्षित गरिएको भन्ने प्रश्नमा जवाफ दिँदै भने, “अहिलेसम्म त ८ घण्टा मात्रै भएको छ, अगाडि अझ धेरै हेर्न बाँकी छ।” उनले आगामी दिनमा थप प्रतिबन्ध लाग्ने संकेत गरेका छन्।

व्यापार विज्ञहरूका अनुसार यो निर्णयपछि अमेरिकी बजारमा भारतीय उत्पादन महँगो हुने सम्भावना छ, जसले भारतको निर्यात ४०–५० प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ।

दोस्रोतर्फ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने अमेरिकी दबाबको बाबजुद भारतीय किसान र मछुवाहरूको हितमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्। दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले आफूले जुनसुकै मूल्य चुकाउनु परे पनि किसानहरूको हितमा सम्झौता नहुने बताएका छन्।

sahani furniture udyog

अमेरिका भारतको कृषि बजारमा पहुँच खोजिरहे पनि भारतले खाद्य सुरक्षा, किसानको जीविकोपार्जन र बीउ संरक्षण जस्ता संवेदनशील पक्षहरूलाई प्राथमिकतामा राख्दै उक्त प्रस्ताव अस्वीकार गर्दै आएको छ।

ट्रम्पले रुससँगको तेल कारोबारलाई सार्वजनिक रूपमा उठाए पनि, विश्लेषकहरूका अनुसार वास्तविक मुद्दा भारतको कृषि बजारमा अमेरिकी पहुँच कायम गर्नु नै हो। यसले दुई देशबीचको व्यापारिक सम्बन्ध थप तनावपूर्ण हुने संकेत देखिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.