रसुवागढी नाका बन्द, तातोपानी नाकामा चाप

0
Quantam abroad studies

भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा सवारी–साधनको चाप बढेको छ। रसुवागढी नाका ठप्प हुँदा कैलाश मानसरोवर जान चाहने यात्रु र चीनबाट आउने मालबस्तु तातोपानी नाकाबाट ल्याउन थालिएको छ।

हाल तातोपानी नाका कोदारीमा गएको सानो पहिरोका कारण अस्थायी रुपमा अवरुद्ध छ भने ३० कन्टेनर फसेका छन्। प्रशासनले १–२ दिनमै बाटो खुल्ने बताएको छ।

रसुवागढी नाका दशैँसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। विकल्पका रूपमा प्रयोग भइरहेको तातोपानी नाका हालसम्म ठुलो समस्या नभएकाले चाडबाडमा मालबस्तुको अभाव नहुने व्यवसायीहरूको भनाइ छ।

sahani furniture udyog

तर, तातोपानी नाकामा व्यवसायीहरू प्रवेश पास नपाएकाले स्थानीयको सिन्डिकेटका कारण अन्य व्यवसायीलाई समस्या परेको छ। बजेटमै पासको व्यवस्था गर्ने भनिए पनि अहिलेसम्म उपलब्ध गराइएको छैन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.