नेपाल–बंगलादेश ऊर्जा सहकार्य : थप २० मेगावाट निर्यातमा सहमति

0
Quantam abroad studies

नेपालले बंगलादेशलाई अब ६० मेगावाट जलविद्युत निर्यात गर्ने भएको छ। बिहीबार सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकमा बंगलादेशले हालका ४० मेगावाटमा थप २० मेगावाट विद्युत आयात गर्न सहमति जनाएसँगै निर्यात क्षमता ६० मेगावाटमा पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ।

यस बैठकमा दुवै देशबीच पाँच थप सहकार्यका बुँदामा सहमति बनेको छ। सुनकोशी–३ जलविद्युत परियोजनामा लगानी प्रक्रियालाई अघि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गर्ने, भारतीय ग्रिडमार्फत विद्युतीय व्यापारका सम्भावना अध्ययन गर्ने तथा नवीकरणीय ऊर्जा–ऊर्जा दक्षता सम्बन्धी एमओयु छिटो टुंग्याउने सहमति भएको छ।

यसबाहेक, बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, चार्जिङ प्रविधि, रूफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहयोग गर्ने र दुवै देशका प्राविधिक तथा सरकारी कर्मचारीका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। नेपाल–भारत–बंगलादेश त्रिदेशीय ऊर्जा सहकार्यका लागि भारतको सहमति सहज बनाउन संयुक्त पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.