हर्क नेतृत्वकाे श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

0
Quantam abroad studies

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्।

विश्वक्रान्ति, कुमार र देवराज लामा नामले पनि चिनिने ५० वर्षीय लामालाई मंगलबार काठमाडौंको कपन क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाँचथरमा दर्ता रहेको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार देखिएपछि उनलाई पक्राउ गरिएको हो।

लामा यसअघि २०६८ सालमा काठमाडौंको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न अभियोगमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उक्त विस्फोटमा तीन जनाको ज्यान गएको थियो। घटनापछि लामो समय फरार रहेका उनलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरी अभियोजन गरेको थियो। बबरमहल घटनामा कैद सजायको फैसला भएपछि उनले नख्खु कारागारमा सजाय भुक्तान गरेका थिए र २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रिहा भएका थिए।

sahani furniture udyog

यसबीच, असार महिनामा पाँचथरको भुसपाते क्षेत्रमा विस्फोटक पदार्थसहित पक्राउ परेका लामालाई प्रहरीले अनुसन्धानका लागि काठमाडौं ल्याएको थियो। तर पाँचथरमा दर्ता भएको मुद्दा विचाराधीन अवस्थामै रहेकाले उनी फरारको सूचीमा रहेको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार हाल पक्राउ परेका लामालाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि पाँचथर पठाइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.