
तराई–मधेश अहिले बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले आकाश ढाकिँदा घाम देखिन छाडेको छ, दिनभर चिसो हावा चलिरहेकाले सर्वसाधारणको दैनिकी झन् कष्टकर बनेको छ। खेतबारीदेखि सडकसम्म, घरआँगनदेखि आकाशमार्गसम्म जाडोको असर देखिन थालेको छ।
सबैभन्दा बढी असर बालबालिका, ज्येष्ठ नागरिक र आर्थिक रूपमा कमजोर वर्गमा परेको छ। चिसोका कारण स्वास्थ्य समस्या बढ्ने जोखिम देखिएको छ भने सडक यातायात र बिहानको समयमा हुने हवाई उडानसमेत प्रभावित भएका छन्। मौसमविद् हरि दाहालका अनुसार तत्काल वर्षाको सम्भावना छैन, र केही दिनभित्रै हुस्सु तथा कुहिरो क्रमशः घट्दै जाने संकेत देखिएको छ। काठमाडौँ उपत्यकामा पनि आज बिहान हल्का कुहिरो लागेको थियो।

चिसोको प्रभाव शिक्षाक्षेत्रमा पनि परेको छ। निरन्तर बढ्दो जाडोलाई मध्यनजर बिभिन्न स्थानिय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन।
देशका विभिन्न भूभागमा देखिएको यो जाडोको लहरले केही दिन अझै सतर्कता अपनाउनुपर्ने संकेत गरेको छ।
