बहादुरगंज आँखा अस्पतालको सामाजिक परीक्षण सम्पन्न

0
Quantam abroad studies

नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूको सामाजिक परीक्षण कार्यक्रम बहादुरगंजस्थित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा अस्पतालले हालसम्म हासिल गरेका उपलब्धि, सेवा विस्तार र भावी योजनाबारे सार्वजनिक रूपमा जानकारी गराइएको हो।

अस्पतालका प्रमुख प्रशासक डा. सम्शेर थापाले प्रस्तुतिकरण गर्दै हालसम्म ४२ लाखभन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गरिएको र २ लाख ५८ हजारभन्दा बढी मोतियाबिन्दुका बिरामीको उपचार सम्पन्न भइसकेको जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म आँखा उपचार सेवा विस्तार गर्दै आएको नेपाल नेत्रज्योति संघको भूमिकाको प्रशंसा गर्नुभयो। सामाजिक परीक्षणले सेवामा पारदर्शिता र जनविश्वास बढाउने उहाँको भनाइ थियो।

कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले आँखा स्वास्थ्य सेवालाई जीवनसँग प्रत्यक्ष जोडिएको विषय भन्दै स्थानीय तह र अस्पतालबीचको सहकार्य अझ मजबुत बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले पारदर्शिता र जवाफदेहितामै आधारित सेवा प्रवाह अस्पतालको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। साथै, अन्धोपन न्यूनीकरणमा योगदान हुँदाहुँदै पनि सरकारी बजेट नपाएको विषयप्रति उहाँले ध्यानाकर्षण गराउनुभयो।

sahani furniture udyog

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले गरिब तथा जोखिममा रहेका नागरिकका लागि अस्पतालले पु¥याउँदै आएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल स्थापनापछि आँखाको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै थप प्रविधि र उपकरण विस्तारका लागि सबै स्थानीय तह एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

सामाजिक परीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.