कपिलवस्तुमा अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु — कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बसपार्क क्षेत्रमा रहेको एक होटलबाट अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मिति २०८२ पुस ७ गते हम्बल होटलमा भारतीय नागरिकहरूले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गरिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक ईश्वर लाैडारीको नेतृत्वमा खटिएको टोलीले खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारत महाराष्ट्र मुम्बई मलाड ईस्टका अन्दाजी २९ वर्षीय सहिल सुनील सिंह र भारत उत्तर प्रदेश लखनउ मणिगंजका अन्दाजी २४ वर्षीय उज्वल सिंह रहेका छन्। उनीहरूको साथबाट क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित प्रमाणसहित विभिन्न कम्पनीका चार थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

दुवै जनालाई अभौतिक मुद्रा सम्बन्धी कसूरमा रितपूर्वक पक्राउ गरी कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले अवैध डिजिटल मुद्रा कारोबार नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.