कपिलवस्तुमा जंगली जनावरकाे आक्रमणबाट १ जनाकाे मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु — जिल्लाको विजयनगर गाउँपालिका–डेढुवा जोत नजिक भारततर्फ फैलिएको जङ्गलबाट दुःखद खबर आएको छ। जङ्गली जनावरको आक्रमणमा परेर एक महिलाले ज्यान गुमाएको प्रारम्भिक सूचना प्राप्त भएको छ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश आचार्यका अनुसार कृष्णनगर नगरपालिका–१०, अमौली निवासी उर्मिला कोरी भारततर्फको जङ्गल क्षेत्रमा जाँदा जङ्गली जनावरको आक्रमणमा परेकी हुन्। घटनास्थल भारतीय भूभागमा पर्ने भएकाले हाल भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्दै थप विवरण संकलनको काम भइरहेको उनले बताए।

sahani furniture udyog

घटनाको यथार्थ अवस्था, आक्रमण गर्ने जनावरको पहिचान तथा अन्य विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। सीमावर्ती क्षेत्रमा जङ्गली जनावरको जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले सुरक्षा र सतर्कताका उपायहरू कडा बनाउन माग गरेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.