जेन–जीसँग मेयर बालेनको भेट : राजनीतिको नयाँ यात्रा सामूहिक रूपमा अघि बढाउन आग्रह

0
Quantam abroad studies

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी प्रतिनिधिहरूसँग भेटघाट गर्दै वैकल्पिक राजनीतिको नयाँ यात्रा सामूहिक रूपमा अघि बढाउन आग्रह गरेका छन्।

बिहीबार अपराह्न ललितपुरको कुपण्डोलस्थित कुमार बेनको निवासमा करिब २० मिनेट चलेको छलफलमा मेयर शाहले “राजनीतिको नयाँ अध्याय” सुरु भइसकेको भन्दै जेन–जीलाई एकताबद्ध भएर अघि आउन आह्वान गरेको जेन–जी अगुवाहरूले बताएका छन्।

भेटमा सरकारसँग भएका सम्झौता, समन्वयको अभाव र भावी रणनीतिबारे जेन–जी प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। केहीले राष्ट्रपतिकै तहमा सम्झौता हुनुपर्ने सुझाव दिएका थिए भने सबै छुट्टाछुट्टै नभई साझा नेतृत्वमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

sahani furniture udyog

मेयर शाहले स्वच्छ छवि भएका युवाहरूलाई राजनीतिमा सक्रिय हुन आग्रह गर्दै २५ वर्ष पूरा भएकालाई निर्वाचनमा उम्मेदवार बनाउने तयारीसमेत रहेको संकेत गरेका छन्। साथै, रवि लामिछाने र कुलमान घिसिङसँग सहकार्यको सम्भावनाबारे पनि जेन–जीलाई जानकारी गराइएको थियो।

छलफलमा सहभागी जेन–जी प्रतिनिधिहरूले यो भेटलाई नयाँ राजनीतिक सहकार्यतर्फको सकारात्मक संकेतका रूपमा लिएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.