तराईका धेरै स्थानमा आज पनि बिहानदेखि हुस्सु र कुहिरो

0
Quantam abroad studies

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण विशेषगरी तराईका धेरै स्थानमा आज पनि बिहानदेखि हुस्सु र कुहिरो लागेको देखिएको छ।

महाशाखाले जनाएअनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। तर, तराई क्षेत्रमा भने आज दिउँसोसम्म पनि धेरै स्थानमा हुस्सु र कुहिरोको प्रभाव रहने सम्भावना रहेको छ।

sahani furniture udyog

विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका तराई भूभागमा बिहान केही समयसम्म बाक्लो कुहिरो लाग्ने सम्भावना छ भने बाँकी तराई क्षेत्रमा मध्यान्नसम्म कुहिरो कायमै रहन सक्ने महाशाखाले जनाएको छ।

तराई भूभागमा देखिएको हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने देखिन्छ। यसलाई मध्यनजर गर्दै महाशाखाले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.