टी–२० विश्वकप क्रिकेटकाे ट्रफी नेपालमा

0
Quantam abroad studies

काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर नेपालबाट औपचारिक रूपमा सुरु भएको छ। आज काठमाडौं आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच ट्रफी अनावरण गरे। त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त रूपमा ट्रफी प्रदर्शनी गरेका थिए।

sahani furniture udyog

क्यानका अनुसार ट्रफी पुस २१ देखि २३ गतेसम्म नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ। यस ट्रफी टुरले नेपाली क्रिकेटप्रेमीमा उत्साह बढाउने र विश्वकपप्रतिको आकर्षण अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.