नमुना मतपत्र छपाइ सुरु

0
Quantam abroad studies

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को तयारीलाई तीव्रता दिँदै निर्वाचन आयोगले नमूना मतपत्र छपाइ सुरु गरेको छ। आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा हालसम्म १० लाख नमूना मतपत्र छापिसकिएको छ।

आयोगले जानकारी दिएअनुसार भोलिदेखि समानुपातिक प्रणालीतर्फका मतपत्र छपाइको काम पनि सुरु हुनेछ। मतपत्र सेतो कागजमा कालो चिह्न प्रयोग गरेर छापिने व्यवस्था मिलाइएको छ।

निर्वाचन व्यवस्थापनलाई सहज बनाउन मतदाताको संख्याभन्दा करिब १० प्रतिशत बढी मतपत्र छापिनेछ। आयोगको अनुमानअनुसार यस निर्वाचनका लागि सरदर दुई करोड मतपत्र छापिने तयारी गरिएको छ।

sahani furniture udyog

निर्वाचन आयोगले समयमै मतपत्र छपाइ सम्पन्न गरी निर्वाचन प्रक्रिया पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउने लक्ष्य लिएको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.