कपिलवस्तु–१ बाट आशिष शर्माको स्वतन्त्र उम्मेदवारी घोषणा

0
Quantam abroad studies

कपिलवस्तु । नेपाली कांग्रेसका युवा नेता तथा पार्टी महाधिवेशन प्रतिनिधि आशिष शर्माले कपिलवस्तु क्षेत्र नम्बर १ बाट आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

कपिलवस्तुमा आयोजित एक कार्यक्रममार्फत शर्माले पार्टीभन्दा माथि उठेर जनताको आवाज संसदसम्म पुर्‍याउने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन्। उनले क्षेत्रका युवाहरू, किसान, मजदुर तथा पिछडिएका समुदायका समस्या समाधानलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गरे।

नेपाली कांग्रेसको संगठनभित्र लामो समयदेखि सक्रिय रहँदै आएका शर्मा भारतका पूर्व राजदूत दीपकुमार उपाध्यायका छोरा हुन्। राजनीतिक तथा कूटनीतिक पृष्ठभूमिबाट आएका शर्माले विकास, सुशासन र रोजगारी सिर्जनामा विशेष ध्यान दिने प्रतिबद्धता जनाए।

sahani furniture udyog

उनले भने, “पार्टीको आन्तरिक समीकरणभन्दा माथि उठेर कपिलवस्तु–१ का जनताको भरोसा जित्नु नै मेरो लक्ष्य हो। जनताले चाहे भने म स्वतन्त्र रूपमा उनीहरूको आवाज बन्न तयार छु।”

शर्माको स्वतन्त्र उम्मेदवारी घोषणालाई कपिलवस्तु–१ को राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। उनका समर्थकहरूले यस कदमले स्थानीय राजनीतिमा नयाँ बहस र विकल्प सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.