बृजेश गुप्ता कपिलवस्तु २ बाट ‘तारा’ चिन्ह लिए चुनावी मैदानमा

0
Quantam abroad studies

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह ‘तारा’ लिएर उम्मेदवारी दर्ता गराएका पूर्व सांसद बृजेश कुमार गुप्ताले आफू सो पार्टीमा प्रवेश नगरेको स्पष्ट दाबी गरेका छन्। उनले पार्टी सदस्यता नलिएको र चुनावी प्रक्रियाका लागि मात्र उक्त चिन्ह प्रयोग गरिएको बताएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गुप्ताले भने, “मैले कुनै पनि राजनीतिक दलमा प्रवेश गरेको छैन। स्वतन्त्र उम्मेदवारको हैसियतमा नै चुनावी प्रतिस्पर्धामा उत्रिएको हुँ। मतदातालाई सहज होस् भन्ने उद्देश्यले मात्रै तारा चिन्ह लिएको हो।”

sahani furniture udyog

यसलाई पार्टी प्रवेशको रूपमा बुझ्नु गलत व्याख्या हुने उनको भनाइ छ।

पूर्व सांसद गुप्ताले आफूले विगतमा जनतासँग गरेका प्रतिबद्धता, विकास निर्माणका काम र स्थानीय मुद्दाका आधारमा पुनः जनमत लिन चाहेको बताए। “म कुनै दलको एजेन्डाभन्दा पनि कपिलवस्तु–२ का जनताको आवश्यकता, समस्या र विकासलाई केन्द्रमा राखेर चुनावमा होमिएको हुँ,” उनले भने।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.