सेयर बजारमा चुनावी प्रभाव, नेप्से ४२ अंकले उकालो

0
Quantam abroad studies

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। देशमा चुनावी माहोल तातिएसँगै लगानीकर्ताको मनोबल बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो।

मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ७.८२ अंकले बढ्दा फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लागेको छ।

कारोबार रकम पनि उल्लेख्य रूपमा बढेर ११ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ। आज ३३९ स्टकको २ करोड ५१ लाख कित्ता सेयर किनबेच भएको हो।

sahani furniture udyog

गोर्खाज फाइनान्सको सेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ भने आँखु खोला जलविद्युत र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य करिब ८ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो।

१३ वटै उपसमूहको परिसूचक बढ्दा होटल तथा पर्यटन उपसमूह सर्वाधिक ३.३६ प्रतिशतले उकालो लागेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.