गाेरखा–२ मा  पुनः फर्किए बाबुराम भट्टराई

0
Quantam abroad studies

काठमाडौं । एक समय जनयुद्धकालका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो निर्वाचन क्षेत्र सुम्पेर राजनीति बाट केही दूरी बनाएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई फेरि चुनावी मैदानमा फर्किएका छन्।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भट्टराईले गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। मंगलबार निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराए।

sahani furniture udyog

यसअघि पटक–पटक चुनाव नलड्ने संकेत दिँदै आएका भट्टराईको यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। प्रचण्डसँग जोडिएको गोरखा–२ बाट उनको पुनरागमनले निर्वाचनलाई थप रोचक बनाउने अनुमान गरिएको छ।

भट्टराईको उम्मेदवारीसँगै गोरखा–२ को चुनावी प्रतिस्पर्धा नयाँ बहस र समीकरणतर्फ उन्मुख हुने देखिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.