एकैदिन १० हजार ४०० रुपैयाँले महँगियाे सुन

0
Quantam abroad studies

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुन र चाँदी दुवैको भाउ उल्लेख्य रूपमा बढ्दै हालसम्मकै उच्च तहमा पुगेको हो।

आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १० हजार ४०० रुपैयाँ ले महँगिएको हो। यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ, जुन मंगलबारभन्दा ४० रुपैयाँ बढी हो।

sahani furniture udyog

यसअघि मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ८ सय ८० रुपैयाँ मा कारोबार भएको थियो। सोमबार सुन २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८ सय १० रुपैयाँ मा किनबेच भएको महासंघले जनाएको छ। आइतबार भने सुन २ लाख ८७ हजार ८ सय रुपैयाँ र चाँदी ५ हजार ६ सय २५ रुपैयाँ मा कारोबार भएको थियो।

लगातार बढ्दो मूल्यका कारण सुनचाँदी बजारमा चासो बढेको छ भने उपभोक्ता र व्यवसायी दुवै वर्गले मूल्यको उतारचढावलाई नजिकबाट नियालिरहेका छन्। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र लगानीको बढ्दो आकर्षणले सुनचाँदीको भाउ अझै अस्थिर रहने सम्भावना देखिन्छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.