बालेनले सुरू गरे निर्वाचन लक्षित गर्दै झापा–५ मा घरदैलो अभियान

0
Quantam abroad studies

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै झापा–५ मा घरदैलो अभियान सुरु गरेका छन्।

झापा–५ बाट उम्मेदवारी दिएका बालेनले आज बिहानदेखि मतदाताको घर–घरमा पुगेर भेटघाट र संवाद थालेका हुन्। अभियानको सुरुवातमा उनले दमक–५ स्थित सम्पर्क कार्यालयमा स्थानीय मतदातासँग प्रत्यक्ष छलफल गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका छन्।

sahani furniture udyog

घरदैलो अभियानमार्फत मतदातासँग नजिकबाट संवाद गर्ने, स्थानीय समस्या बुझ्ने र समाधानका विषयमा प्रतिबद्धता जनाउने उद्देश्य रहेको बालेनले बताएका छन्। उनका समर्थकहरूका अनुसार आगामी दिनमा झापा–५ का विभिन्न वडामा पुगेर अभियानलाई अझ तीव्र बनाइने छ।

रास्वपाले यस निर्वाचनमा नयाँ सोच र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने दाबी गर्दै आएको छ भने बालेनको सक्रियता सुरु भएसँगै झापा–५ मा चुनावी माहोल थप तातेको देखिन्छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.