अयोध्यामा राम मूर्ति स्थापना उत्सवको अवसरमा तौलिहवामा भव्य र्‍याली

0
Quantam abroad studies

कपिलवस्तु । भारतको अयोध्यामा भगवान रामको मूर्ति स्थापना गरिएको वार्षिक उत्सवको अवसरमा कपिलवस्तु सदरमुकाम तौलिहवामा मंगलबार भव्य धार्मिक र्‍याली निकालिएको छ। तौलिहवाका विभिन्न टोल हुँदै निकालिएको र्‍यालीमा राम, सीता, लक्ष्मण र हनुमानको झाँकीसहित सहभागीहरू भगवा झण्डा, ब्यानर र धार्मिक चिन्ह बोकेर सहभागी भएका थिए। “जय श्रीराम”, “राम नाम सत्य” जस्ता धार्मिक नाराले वातावरण गुञ्जायमान बनेको थियो।

sahani furniture udyog

र्‍यालीमा सहभागी वक्ताहरूले अयोध्यामा राम मन्दिरमा मूर्ति स्थापना हुनु हिन्दू समुदायका लागि ऐतिहासिक र गौरवपूर्ण क्षण भएको बताए। उनीहरूले भगवान रामको आदर्श, मर्यादा र सत्यको मार्गलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.