रेशम चौधरीको उम्मेदवारी खारेज, कैलाली–१ मा नयाँ मोड

0
Quantam abroad studies

काठमाडौँ — कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ।

चौधरीविरुद्ध बुधबार उजुरी दर्ता भएपछि कानुनी परीक्षणका क्रममा उम्मेदवारी अमान्य ठहर गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनी टीकापुर घटनामा व्यक्ति हत्या अभियोगमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका व्यक्ति हुन्।

सर्वोच्च अदालतले २०८० जेठ २ गते चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफीका लागि सिफारिस गरेपछि गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई माफी दिएका थिए।

sahani furniture udyog

तर अदालतको अन्तिम फैसला र उम्मेदवारीका कानुनी मापदण्डका कारण चौधरीको उम्मेदवारी अस्वीकृत गरिएको हो। यस निर्णयसँगै कैलाली–१ को चुनावी समीकरणमा नयाँ मोड आएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.