कपिलवस्तुको सामुदायिक वनमा तारजालीमा फसेको चितुवा फेला

0
Quantam abroad studies

कपिलवस्तुको बाणगंगा नगरपालिका–स्थित श्रृगीघाट सामुदायिक वनमा चितुवा फसेको अवस्थामा फेला परेको छ। वनको घाटगद्दी क्षेत्रमा लगाइएको तारजालीभित्र चितुवा अड्किएको देखेपछि स्थानीयले सामुदायिक वन उपभोक्ता समितिलाई खबर गरेका थिए।

सामुदायिक वनका अध्यक्ष सुशील सिंह ठकुरीका अनुसार वन क्षेत्रमा गएका स्थानीयले तारजालीभित्र असहज अवस्थामा रहेको चितुवा देखेपछि तत्काल जानकारी गराएका हुन्। चितुवा घाइते भए–नभएको यकिन भइसकेको छैन तर लामो समयदेखि फसेको हुनसक्ने आशंका गरिएको छ।

घटनाबारे डिभिजन वन कार्यालय कपिलवस्तुलाई तत्काल जानकारी गराइएको र उद्धारका लागि प्राविधिकसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको अध्यक्ष ठकुरीले बताए। वन कार्यालयको टोली पुगेपछि चितुवाको अवस्था मूल्यांकन गरी सुरक्षित उद्धारको प्रक्रिया अघि बढाइनेछ।

sahani furniture udyog

मानव बस्ती नजिकै चितुवा फेला परेपछि स्थानीयमा केही त्रास फैलिएको छ। यद्यपि सामुदायिक वन उपभोक्ता समिति र सुरक्षाकर्मीले घटनास्थल आसपास निगरानी बढाएका छन् भने स्थानीयलाई अनावश्यक रूपमा नजिक नजान आग्रह गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.