आमा–छोराको हत्या, बुहारीसहित दुई पक्राउ

0
Quantam abroad studies

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा बुहारी र एक युवक पक्राउ परेका छन्। बुधबार बिहान भएको घटनामा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

sahani furniture udyog

घटनामा परिवारका अन्य दुई सदस्य ५० वर्षीय जगरुप मण्डल र २२ वर्षीया रिना कुमारी मण्डल घाइते भएका छन् र उनीहरूको परवानीपुरस्थित एलएसआर न्यूरो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बुहारी र पक्राउ परेका युवकबीच अवैवाहिक सम्बन्ध रहेको र सोही विषयमा उत्पन्न विवादले योजनाबद्ध रूपमा हत्या भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.