फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था खारेज गर्नुपर्छः श्रम, रोजगारमन्त्री

0
Quantam abroad studies

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई साँच्चिकै श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था खारेज गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले बाहिर आकर्षक देखिए पनि उक्त व्यवस्थाले व्यवहारमा राजस्व चुहावट, कर छलि र सङ्गठित अपराधलाई बढावा दिएको दाबी गरे। पपुलिष्ट सोचले समस्या समाधान नहुने भन्दै अब नयाँ ढंगले अघि बढ्नुपर्ने उनको जोड छ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारी क्षेत्रमा मौलाएको सिन्डिकेट एक महिनाभित्र तोड्ने चुनौती पनि दिएका छन्। श्रमिकलाई दुःख दिने पुराना कार्यविधि हटाएर नीतिगत सुधार गर्ने प्रतिबद्धता उनले दोहोर्याए।

sahani furniture udyog

यसैबीच, वैदेशिक रोजगारसम्बन्धी कार्यविधि संशोधनका लागि सरकारले समिति गठन गरिसकेको छ। समितिले सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेको र चाँडै प्रतिवेदन बुझाउने जानकारी दिइएको छ।

अन्तरिम सरकारकै कार्यकालमा सुधार पूरा गर्ने लक्ष्यसहित श्रमिक ठगी रोक्ने र म्यानपावर व्यवसायलाई मर्यादित बनाउने ठोस कदम चालिने मन्त्रीको भनाइ छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.