भारत–अमेरिका व्यापार सम्झौतापछि, नेपाली मुद्रा बलियो हुने संकेत

0
Quantam abroad studies

काठमाडौं । भारत–अमेरिका व्यापार सम्झौता सफल भएपछि भारतीय रुपैयाँ मजबुत हुने संकेत देखिएको छ, जसको प्रत्यक्ष असर नेपालमा अमेरिकी डलरको मूल्य घट्ने र नेपाली मुद्रा बलियो हुनेतर्फ देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार सम्झौता भएको घोषणा गर्दै भारतबाट आयात हुने वस्तुमा लाग्दै आएको भन्सार शुल्क ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिने बताएका छन्। यससँगै भारतले व्यापारिक अवरोध हटाउने र रुसी तेल खरिद बन्द गर्ने प्रतिबद्धता जनाएको छ।

यसअघि उच्च करका कारण भारतबाट अमेरिका हुने निर्यात घट्नुका साथै विदेशी लगानी फिर्ता भइरहेको थियो, जसले भारतमा डलरको माग बढाएर यसको मूल्य साढे ९० रुपैयाँसम्म पुर्‍याएको थियो। त्यसको असर नेपालमा पनि परेको थियो।

sahani furniture udyog

तर नयाँ सम्झौतापछि भारतमा विदेशी लगानी फर्किने, निर्यात बढ्ने र डलर आम्दानी सुधार हुने अपेक्षा गरिएको छ। यसले भारतमा डलरको मूल्य घट्न गई नेपालमा पनि स्वतः सस्तो हुने देखिएको छ।

नेपाली मुद्रा भारतीय मुद्रासँग पेग भएकाले भारतमा डलर सस्तो हुँदा नेपालमा पनि मूल्य घट्छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सम्झौतापछि भारतीय वित्तीय बजारमा सकारात्मक प्रभाव परेको छ। डलर सस्तो हुँदा आयात सस्तो हुने र विदेशी ऋणको भार कम हुने फाइदा नेपालले पाउनेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.