युवालाई भावी पुस्ताका लागी मार्गदर्शक बन्न प्रधानमन्त्री कार्कीको आग्रह

0
Quantam abroad studies

प्रधानमन्त्री सुशीला कार्कीले युवालाई आफ्ना अनुभव र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्दै भावी पुस्ताका मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ।

मङ्गलबार नवलपुरको हात्तीखोरमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले दीक्षित युवालाई अनुशासन, नेतृत्व र राष्ट्रप्रेमलाई व्यवहारमा उतार्न निर्देशन दिनुभयो। उहाँका अनुसार अनुशासित युवा नै उन्नत समाज र समृद्ध राष्ट्र निर्माणका मेरुदण्ड हुन्।

प्रधानमन्त्रीले विपद् तथा सङ्कटका बेला उद्धार र राहत कार्यमा अग्रपङ्क्तिमा उभिन, कानुनको सम्मान गर्न र सार्वजनिक सम्पत्तिको संरक्षणमा सक्रिय भूमिका खेल्न युवालाई आह्वान गर्नुभयो।

sahani furniture udyog

सरकारले युवाको चौतर्फी विकासलाई प्राथमिकतामा राख्दै राष्ट्रिय सेवा दलको तालिम आगामी वर्षहरूमा विस्तार गर्ने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो। हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेका छन् भने यस वर्ष मात्रै २५७ विद्यालयका ७ हजार ७१० जनाले तालिम लिएका छन्।

समारोहमा क्याडेटहरूले प्रस्तुत गरेको कवाजको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले सक्षम युवा नेतृत्वप्रति देश थप आशावादी बनेको बताउनुभयो। दीक्षान्त समारोहमा सुरक्षा निकाय, जनप्रतिनिधि, विद्यालय र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.