चुनावी दायराले बाँध्यो सरकारको गति : अर्थमन्त्री

0
Quantam abroad studies

काठमाडौँ — अर्थमन्त्रीले चुनावी सरकारको सीमित कार्यक्षेत्रका कारण सरकारले सबै प्रतिबद्धता पूरा गर्न नसकेको बताएका छन्। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रारम्भदेखि नै निर्वाचन हुने–नहुने विषयमा विभिन्न आशंका उठेको स्मरण गर्दै सरकारले संयमता अपनाएर ती संशय चिर्न सफल भएको बताए।

उनले जेलबाट कैदीबन्दी फरार भएको घटनालगायत केही राजनीतिक वृत्तमा चुनाव हुन नदिने प्रयास हुनसक्ने अड्कलबाजी चलिरहेका बेला सरकारले शान्तिपूर्ण वातावरण कायम राख्दै निर्वाचन प्रक्रिया सुनिश्चित गरेको उल्लेख गरे। “हामी चुनावी सरकार थियौँ, त्यसैले हाम्रो कार्यदायरा सीमित थियो। केही योजना अघि बढ्न नसक्नु स्वाभाविक हो,” उनले भने।

अर्थमन्त्रीका अनुसार चालु आर्थिक वर्षमा घोषणा गरिएका कतिपय कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन हुन सकेनन्। यद्यपि, सुशासन र भ्रष्टाचार न्यूनीकरणलाई सरकारले प्राथमिकतामा राखेको उनको दाबी छ। प्रशासनिक संरचना र कार्यशैलीमा सुधार ल्याउन नियम, कार्यविधि तथा सोचमा परिवर्तन गर्ने प्रयास गरिएको उनले बताए।

sahani furniture udyog

पर्यटन क्षेत्रको विकासमा सरकार एक्लैले अपेक्षित उपलब्धि दिन नसक्ने स्पष्ट पार्दै उनले निजी क्षेत्र र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे। पूर्वाधार लगानीजस्ता क्षेत्रमा अपेक्षित प्रगति नभए पनि आधार निर्माणका काम अघि बढाइएको उनको भनाइ थियो।

निर्वाचनमा सहभागी राजनीतिक दलहरूलाई असहज नबनाउने नीति लिएकै कारण सरकार संयमित ढंगले अघि बढेको उनले दोहोर्‍याए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.