अमेरिकामा नेपाली परिवारभित्र कल्पनाबाहिरको विभत्स हत्याकाण्ड

0
Quantam abroad studies

अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र भएको भीषण घटनाले समुदाय स्तब्ध बनेको छ। ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीमाथि धारिलो हतियार प्रहार गर्दा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ।

घरेलु हिंसाको सूचना पाएपछि प्रहरी पर्सिमोन ड्राइभस्थित अपार्टमेन्ट पुगेको थियो। घटनाका बेला ज्वाइँ सन्तोषकुमार बस्नेत बाहिर रहेका थिए। घरभित्रबाट चिच्याएको आवाज सुनेपछि ९११ मा खबर गर्दै उनी भित्र छिर्दा श्रीमती ममता थापा र सासू बिन्दा थापा गम्भीर घाइते अवस्थामा फेला परेका थिए। त्यसपछि आक्रमणकारीले उनीमाथि पनि प्रहार गरेको बताइएको छ।

प्रहरीका अनुसार हतियार नछोडेपछि चलाइएको गोली लागेर आक्रमणकारीको घटनास्थलमै मृत्यु भयो। आक्रमणमा परेर दुई जनाको ज्यान गएको छ भने गम्भीर घाइते सन्तोषको उपचार भइरहेको छ। घरमा रहेको एक वर्षीय शिशु भने सुरक्षित रहेको जनाइएको छ।

sahani furniture udyog

घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.