भारतबाट ल्याएर तरकारी खानुपर्ने समस्या सुल्झाउछौँ : बालेन

0
Quantam abroad studies

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पूर्वी तराईमा देखिएको कृषि वितरण समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार इटहरी मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भारतबाट तरकारी आयात गर्नुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए। “हामीले बिहान खाने तरकारी कहाँको हो भनेर सोच्ने बेला आएको छ,” उनले प्रश्न गर्दै भने, “इलाम र पाँचथरमा उत्पादन भएको तरकारी झापा र सुनसरीका उपभोक्तासम्म पुग्न सकेको छैन, यो विडम्बना हो।”

उनका अनुसार पूर्वी पहाडमा उत्पादन भएको कृषि उपजलाई पूर्वी तराईसम्म सहज रूपमा पुर्‍याउने संयन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता हो। “हाम्रै माटोमा फलेको तरकारी आफ्नै बजारमा खपत हुन नसक्नु दुःखद कुरा हो,” उनले भने, “यो व्यवस्थापन मिलाउन रास्वपा अघि बढेको छ।”

sahani furniture udyog

शाहले पूर्वी तराईमा धान उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उचित योजना र व्यवस्थापन भए देशलाई आत्मनिर्भर बनाउन सकिने दाबी गरे। “पूर्वी तराईका दुई–तीन जिल्लामा पूर्ण क्षमतामा धान उत्पादन गर्ने हो भने देशभरलाई पुग्ने अन्न उत्पादन सम्भव छ,” उनले भने, “तर त्यसका लागि नीति, पूर्वाधार र वितरण प्रणाली बलियो हुनुपर्छ।”

उनले कृषि उत्पादन, भण्डारण र बजार व्यवस्थापन सुधार गर्दै किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने वातावरण निर्माण गर्ने लक्ष्य रास्वपाको रहेको स्पष्ट पारे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.