भारत–पाकिस्तानबीच आणविक द्वन्द्व राेकेर ३ करोड ५० लाख मानिसको ज्यान बचाँएः ट्रम्प

0
Quantam abroad studies

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी संसद्‌मा ‘स्टेट अफ द युनियन’ सम्बोधन गर्दै विश्व राजनीतिका संवेदनशील विषयमा ठूला दाबीहरू प्रस्तुत गरेका छन्। करिब दुई घण्टा लामो भाषणमा उनले इरान, गाजा युद्धदेखि दक्षिण एसियाको शक्ति सन्तुलनसम्मका मुद्दामा आफ्नो भूमिकालाई निर्णायक रूपमा चित्रित गरे।

सम्बोधनका क्रममा ट्रम्पले भारत–पाकिस्तानबीच सम्भावित आणविक द्वन्द्व टारेको दाबी पुनः दोहोर्‍याए। उनका अनुसार आफूले पहल नगरेको भए दक्षिण एसियामा ठूलो मानवीय क्षति हुन सक्थ्यो। उनले शाहबाज शरीफलाई उद्धृत गर्दै ‘यदि युद्ध भएको भए तीन करोड ५० लाख मानिसको ज्यान जान सक्थ्यो’ भन्ने आशय व्यक्त गरे।

यद्यपि भारतले यस दाबीलाई पहिलेदेखि नै अस्वीकार गर्दै आएको छ। भारतीय पक्षले द्विपक्षीय सम्बन्धका विषयमा बाह्य मध्यस्थताको दाबीलाई स्वीकार नगर्ने अडान राख्दै आएको छ।

sahani furniture udyog

ट्रम्पले आफ्नो कार्यकालको पहिलो १० महिनामा ‘आठवटा युद्ध अन्त्य’ गरेको दाबी समेत गरे। उनले विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा अमेरिकी कूटनीतिक सक्रियताले शान्ति स्थापना भएको दाबी गर्दै आफ्नो प्रशासनलाई ‘संघर्ष रोक्ने शक्ति’ का रूपमा प्रस्तुत गरे।

उनको सम्बोधनले अमेरिकी घरेलु राजनीति मात्र नभई अन्तर्राष्ट्रिय सम्बन्धमा पनि बहस चर्काउने संकेत देखिएको छ। दक्षिण एसियाको शक्ति सन्तुलन, मध्यपूर्वको अस्थिरता र विश्व कूटनीतिमा अमेरिकाको भूमिकाबारे ट्रम्पका अभिव्यक्तिले नयाँ तरंग पैदा गरेको विश्लेषकहरूको भनाइ छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.