१ लाख ८६ हजार मतदाताले समानुपातिक तर्फमात्र भाेट हाल्न पाउने

0
Quantam abroad studies

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन्। नियमित मतदान केन्द्रमा पुग्न नसक्ने मतदातालाई लक्षित गर्दै यो व्यवस्था गरिएको हो।

निर्वाचन आयोगका अनुसार अस्थायी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको विशेष मतदानस्थलबाट मत हाल्न पाउनेछन्। नियमित मतदाता नामावलीमा नाम रहे पनि निर्वाचनमा खटिने, सुरक्षार्थ जिम्मेवारीमा रहने वा अन्य कारणले आफ्नो स्थायी मतदान केन्द्रमा पुग्न नसक्ने व्यक्तिलाई अस्थायी सूचीमा समावेश गरिएको हो।

अस्थायी मतदातामा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सरकारी स्वामित्वका संस्थामा कार्यरत जनशक्ति, नेपाली सेना, प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदीबन्दी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, साथै संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू समेटिएका छन्।

sahani furniture udyog

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार यी मतदाताका लागि देशभर १४३ मतदानस्थल निर्धारण गरिएको छ।

आयोगले अस्थायी मतदातालाई तोकिएको स्थान र समयमा अनिवार्य रूपमा उपस्थित भई मतदान अधिकार प्रयोग गर्न आग्रह गरेको छ। निर्वाचनलाई समावेशी र व्यवस्थित बनाउन यो व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.