जनताले यसपटक विकासप्रेमी नेता गुमाउन चाहानन्ः वृजेश गुप्ता

0
Quantam abroad studies

कपिलवस्तु । आगामी फागुन २१ गते ताेकिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नम्बर २ मा चुनावी माहोल तातेको छ। तारा चिह्न लिएर नेपाली कम्युनिस्ट पार्टीकाे तर्फबाट मैदानमा उत्रिएका बृजेश कुमार गुप्ता अहिले घरदैलो अभियानमा व्यस्त छन्।

घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यसपटक जनताले विकासप्रेमी नेतृत्व गुमाउन नचाहेको दाबी गरे। “जनताहरू स्वस्फूर्त रूपमा अघि सरेका छन्, यसले मेरो जित सुनिश्चित भएको संकेत गर्छ,” उनले भने, “विगतमा सुरु गरिएका विकास आयोजनालाई निरन्तरता दिन र अधुरा काम सम्पन्न गर्न जनताको साथ आवश्यक छ।”

उनका अनुसार क्षेत्र नम्बर २ मा सडक स्तरोन्नति, सिंचाइ विस्तार, शिक्षा तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका कामहरूलाई प्राथमिकतामा राखिएको छ। आफू निर्वाचित भएदेखि विकास निर्माणका कामलाई तीव्रता दिएको दाबी गर्दै उनले आगामी कार्यकालमा औद्योगिक विकास, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई मुख्य एजेण्डा बनाउने बताए।

घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, विद्युत् आपूर्ति र कृषि मलको सहज उपलब्धताका विषय उठाएको उनले जानकारी दिए। “हामी जनताका गुनासा सुन्दै समाधानका ठोस योजना बनाइरहेका छौं,” उनले भने।

sahani furniture udyog

चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला कपिलवस्तु क्षेत्र नम्बर २ मा प्रमुख दलहरूबीच कडा भिडन्त हुने अनुमान गरिएको छ। तथापि, गुप्ताले जनताको समर्थन उत्साहजनक रहेको दाबी गर्दै सहज जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

आगामी निर्वाचनले कपिलवस्तु क्षेत्र नम्बर २ को विकास यात्रालाई कता मोड्ने भन्ने विषयमा मतदाताहरूको निर्णायक भूमिका रहनेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.