भारत र चीनतर्फका सबै नाका निर्वाचन भन्दा ७२ घण्टा अघि बन्द गरिने

0
Quantam abroad studies

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदानभन्दा ७२ घण्टा अघि भारत र चीनतर्फका सबै सिमाना नाका बन्द गर्ने निर्णय गरेको छ।

आयोगले उच्चस्तरीय निर्वाचन सुरक्षा बैठकमार्फत उक्त निर्णय गरेको हो। बैठकमा आयोगका पदाधिकारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन सुरक्षा संयन्त्रबीच समन्वय सुदृढ गर्ने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

बैठकले मतदानअघिका दिनहरूमा मदिरा बिक्री–वितरणमा कडाइ गर्ने निर्णय पनि गरेको छ। साथै, तराई क्षेत्रमा पर्ने होली पर्वका बेला भीड व्यवस्थापनमा विशेष सतर्कता अपनाइने भएको छ। विदेशी नम्बर प्लेटका सवारीसाधनको आवतजावतमा निगरानी बढाइने तथा शंकास्पद गतिविधिमाथि कडा निगरानी राखिने जनाइएको छ।

sahani furniture udyog

हिमाली जिल्लाहरूमा हिमपातका कारण निर्वाचन सामग्री ढुवानीमा आउन सक्ने चुनौतीलाई ध्यानमा राख्दै वैकल्पिक व्यवस्था र पूर्वतयारीसमेत अघि बढाइएको आयोगले जनाएको छ।

यी सबै निर्णयसम्बन्धी औपचारिक सूचना छिट्टै सार्वजनिक गरिने आयोगले स्पष्ट पारेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.