पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव

0
Quantam abroad studies

काठमाडौं । देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु देखिन सक्ने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित अन्य प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

sahani furniture udyog

आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.