कपिलवस्तुमा भारतसँग जोडिएका सबै सीमानाका ३ दिन बन्द रहने

0
Quantam abroad studies

कपिलवस्तु, फागुन १३ — प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कपिलवस्तुका भारतसँग जोडिएका सबै सीमा नाका तीन दिन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गर्दै फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी जिल्लाभित्रका सम्पूर्ण सीमा नाका फागुन १८ गते (मार्च २, २०२६) सोमबार राति १२:०० बजेबाट फागुन २१ गते (मार्च ५, २०२६) बिहीबारसम्म बन्द रहने जनाएको हो।

निर्वाचन अवधिमा सुरक्षा व्यवस्था कडाइ गरिने तथा सीमा क्षेत्रबाट आवतजावतमा पूर्ण रोक लगाइने प्रशासनले स्पष्ट पारेको छ।

sahani furniture udyog

जिल्ला प्रशासन कार्यालयले सीमा क्षेत्रका सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाबारे जानकारी लिन र सहयोग गर्न अनुरोध गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.