कपिलवस्तुमा आजदेखी मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

0
Quantam abroad studies

कपिलवस्तुमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, तौलिहवाले सूचना जारी गर्दै फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको जनाएको हो।

कार्यालयका अनुसार मतदानको दिनभन्दा सात दिनअघि अर्थात् फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री, वितरण, ओसारपसार र सेवन गर्न पाइने छैन।

निर्णय गृह मन्त्रालय (निर्वाचन सेल) को निर्देशन तथा उद्योगी व्यवसायी र सरोकारवालासँगको बैठकपछि गरिएको जनाइएको छ।

sahani furniture udyog

प्रशासनले प्रतिबन्ध उल्लंघन गरी मदिरा सेवन वा हो–हल्ला जस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.