कपिलवस्तुमा साम्प्रदायिक तनावपछि प्रशासन सक्रिय, शान्ति कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

0
Quantam abroad studies

कपिलवस्तु, चैत १२ 

 जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेको सर्वपक्षीय समन्वय/सहमतिबाट हालै देखिएको साम्प्रदायिक तनाव नियन्त्रण गर्न महत्वपूर्ण निर्णयहरू गरिएको छ।

महाराजगञ्ज नगरपालिका–वडामा रहेको काली मन्दिरमा तोडफोड तथा धार्मिक सामग्रीमा क्षति पुर्‍याइएको घटनापछि हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना भएको थियो। घटनापछि दुवै समुदायबीच प्रदर्शन तथा जमघट बढ्दै गएपछि प्रशासनले स्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै शान्ति कायम राख्न कडा कदम चालेको हो।

बैठकले आगामी दिनमा कुनै पनि प्रकारका हिंसात्मक तथा उक्साहट पूर्ण गतिविधि नगर्न / नगराउन सबै पक्षलाई आग्रह गर्दै सामूहिक प्रतिबद्धता जनाएको छ । घटनामा संलग्न केही व्यक्तिहरू पहिचान भइसकेको र अन्यको खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ। दोषीहरूलाई कानुन बमोजिम कडा कारबाही गरिने पनि स्पष्ट पारिएको छ।

sahani furniture udyog

यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । प्रशासनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक सूचना फैलाउने, घृणात्मक अभिव्यक्ति दिने तथा अशान्ति फैलाउने कार्य नगर्न चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न पाइएमा तुरुन्तै कानुनी कारबाही गरिने बताइएको छ।

स्थानीय तहलाई शान्ति कायम राख्न, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, जोखिम क्षेत्र पहिचान गर्न तथा पीडितलाई आवश्यक सहयोग पुर्‍याउन निर्देशन दिइएको छ। साथै बजार, शैक्षिक संस्था र सार्वजनिक सेवा सञ्चालनलाई नियमित बनाउन पनि जोड दिइएको छ।

प्रशासनले सर्वसाधारणलाई अनावश्यक जमघट नगर्न र आ–आफ्नो घरमै बस्न अनुरोध गर्दै परिस्थिति सामान्य बनाउन सहयोग गर्न आग्रह गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.