कपिलवस्तुमा बयलगाडा सहित गोरू नियन्त्रणमा, एक जना पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु, वैशाख २ — जिल्ला कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनी चोक क्षेत्रमा प्रहरीले दुई वटा गोरू सहितको बयलगाडा नियन्त्रणमा लिएको छ।

आज अपराह्न १५:४५ बजेको समयमा रुधौला देखि डुमरा तर्फ जाँदै गरेको बयलगाडालाई विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट दोहनीबाट खटिएको प्रहरी टोलीले जाँच गरेको थियो।

जाँचका क्रममा बयलगाडा चालक बुद्धभूमि नगरपालिका वडा नं. ५ नौडिहवा बस्ने ३१ वर्षीय समशेर अलीलाई सोधपुछ गर्दा उनले गोरू र गाडा रुधौलीबाट डुमरासम्म पुर्‍याउने जिम्मेवारी मात्र पाएको र वास्तविक धनीबारे जानकारी नभएको बताएका थिए।

sahani furniture udyog

शंकास्पद अवस्था देखिएपछि प्रहरीले समशेर अलीलाई नियन्त्रणमा लिएको छ। साथै करिब रु. १ लाख १५ हजार मूल्य बराबरका २ वटा गोरू र एउटा बयलगाडा समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको गोरू, बयलगाडा र व्यक्तिलाई सुठौली भन्सार कार्यालय, कपिलवस्तु पठाएको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.