उपसभामुख रुबी ठाकुरको गाउँमा ‘दहेज बन्द’ अभियान सँचालन

0
Quantam abroad studies

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा छोरीहरूको संरक्षण, शिक्षा र समान अधिकारको सन्देश प्रवाह गर्न सचेतनामूलक अभियान सञ्चालन गरिएको छ।

मुजेलिया समाजको अगुवाइमा आयोजित कार्यक्रममा स्थानीयवासीको सक्रिय सहभागिता देखिएको थियो। अभियानअन्तर्गत घरदैलो कार्यक्रममार्फत बस्तीका विभिन्न टोलमा पुगेर बालबालिका र अभिभावकलाई छोरीको महत्व, शिक्षा र अधिकारबारे जानकारी गराइएको थियो।

sahani furniture udyog

सहभागीहरूले ‘बेटी बचाओ, बेटी पढाओ, बेटा–बेटी एक समान’ भन्ने सन्देशलाई समाजभर फैलाउन आवश्यक रहेको बताए। साथै, विद्यमान लैङ्गिक विभेद अन्त्य गर्न सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिइयो।

स्थानीयले यस्ता कार्यक्रमले सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरेका छन्। आयोजकले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.