
काठमाडौँ — इरान–अमेरिका तनाव चुलिरहेका बेला बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ। आक्रमणपछि विमानस्थलमा ठूलो क्षति पुगेको तथा धेरै व्यक्ति घाइते भएको कुवेती अधिकारीहरूले बताएका छन्।
कुवेतको रक्षा मन्त्रालयका अनुसार धेरै ड्रोनले यात्रु टर्मिनललाई लक्षित गरेका थिए। घटनापछि व्यापारिक उडानहरू तत्कालका लागि रोकिएका छन्।
यसैबीच अमेरिका र इरानबीच क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको श्रृङ्खला जारी छ। अमेरिकी सेनाले कुवेत र बहराइनमा भएका आक्रमणको जवाफस्वरूप इरानी सैन्य संरचनामाथि प्रहार गरेको जनाएको छ भने इरानले अमेरिकी गतिविधिको प्रतिकारस्वरूप कारबाही गरेको दाबी गरेको छ।

युद्धको तनाव बढ्दै जाँदा हर्मुज जलघाँटी आसपासको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। वार्ता रोकिएको इरानी दाबीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गर्दै कूटनीतिक संवाद अझै जारी रहेको बताएका छन्।
