अवैध भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित एक जना पक्राउ

0
Quantam abroad studies

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाबाट प्रहरीले अवैध भरुवा बन्दुक, त्यसमा प्रयोग हुने सामग्री तथा विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बर्दघाट नगरपालिका–१५ पोटाह निवासी ५५ वर्षीय ओम प्रकाश चौधरीलाई नियन्त्रणमा लिइएको हो।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको विशेष प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा बिना इजाजत लुकाइछिपाइ राखिएको अवस्थामा एकनाले भरुवा बन्दुकको नाल र काठको भाग छुट्टाछुट्टै अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ।

sahani furniture udyog

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार सोही क्रममा बन्दुकमा प्रयोग हुने विभिन्न सामग्री तथा विस्फोटक पदार्थसमेत फेला परेको थियो।

प्रहरी नायब उपरीक्षक मदन थापाले पक्राउ परेका चौधरीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी नवलपरासी जिल्ला अदालत, परासीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीले अवैध हातहतियारको प्रयोग तथा भण्डारण नियन्त्रण गर्ने अभियानलाई तीव्र बनाइएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई आगामी दिनमा अझ कडा बनाइने जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.