पूर्व सांसद तथा एमाले नेता मङ्गलप्रसाद गुप्ताको निधन

0
Quantam abroad studies

कपिलवस्तु क्षेत्र नं. ३ का पूर्व सांसद तथा नेकपा (एमाले) का वरिष्ठ नेता मङ्गलप्रसाद गुप्ता को उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा निधन भएको छ। करिब ८० वर्षका गुप्ता लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए।

स्वास्थ्य अवस्था जटिल बनेपछि केही समयदेखि दिल्लीमा उपचाररत रहेका गुप्ताको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको निधनसँगै कपिलवस्तु जिल्ला मात्रै नभई समग्र राजनीतिक तथा सामाजिक क्षेत्रमा शोकको लहर फैलिएको छ।

२०३९ सालदेखि सांसदमा उम्मेदवार बनेका उनी नौ पटकमा एमालेबाट उम्मेदवार बनेका गुप्ता २०७९ सालमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट सांसद जितेका थिए।। उनको शब मङ्गलबार मात्र कृष्णनगर ल्याइने र बुधबार दाहसंस्कार हुने एमाले अध्यक्ष बाबुराम खनालले जानकारी दिनुभयो । स्वर्गीय गुप्ताको श्रीमती र चार छोराहरू छन्।

sahani furniture udyog

मङ्गलप्रसाद गुप्ता कपिलवस्तुका लोकप्रिय तथा जनतामाझ सहज पहुँच भएका नेताका रूपमा परिचित थिए। राजनीतिक जीवनमा उहाँले विभिन्न जिम्मेवारी निर्वाह गर्दै जनताका समस्या समाधान, विकास निर्माण तथा सामाजिक एकताको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए।

उहाँको निधनप्रति नेकपा (एमाले) का नेता–कार्यकर्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै उहाँले कपिलवस्तुको राजनीतिक, सामाजिक तथा विकास यात्रामा पुर्‍याएको योगदानको स्मरण गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.