कपिलवस्तुमा २६ लाख बढीको भन्सार छलीका अवैध कपडा र यौन खेलौना बरामद

0
Quantam abroad studies

कपिलवस्तु, कात्तिक ११ 

कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका २६ लाख २९ हजार ३ सय रुपैयाँ बराबरका विभिन्न सामग्रीहरू बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय तौलिहवा तथा मातहतका प्रहरी इकाइहरूबाट खटिएको टोलीले गत कात्तिक १० र ११ गते जिल्लाका विभिन्न स्थानबाट ती अवैध सामानहरू नियन्त्रणमा लिएको हो।  प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे क्षेत्रबाट १ लाख ५८ हजार मूल्य बराबरको सल तथा बच्चाको ब्ल्याङ्केट र १ लाख ७९ हजार २ सय रुपैयाँ बराबरको १०२ पिस मोजा बरामद गरेको छ।  

sahani furniture udyog

यसैगरी, इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालिका-२ स्थित महेन्द्र पार्क क्षेत्रबाट ठूलो परिमाणमा विभिन्न कम्पनीका सेक्स टोय (यौन खेलौना) र चार्जरहरू नियन्त्रणमा लिएको छ। बरामद गरिएका सामग्रीहरूमध्ये महिलाका लागि प्रयोग हुने ३५६ थान सेक्स टोयको अन्दाजी मूल्य ७ लाख १२ हजार र हरियो रङको अर्को ३२१ थान महिला सेक्स टोयको मूल्य १२ लाख ८४ हजार रुपैयाँ रहेको छ। त्यस्तै, पुरुषका लागि प्रयोग हुने ९९ थान सेक्स टोयको मूल्य १ लाख ४८ हजार ५ सय र १४७६ थान चार्जरको मूल्य १ लाख ४७ हजार ६ सय रुपैयाँ कायम गरिएको छ।  

बरामद गरिएका ती सम्पूर्ण अवैध कपडा तथा सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय र सुठौली भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.