बुद्धभूमिमा चार दिन विद्यालय बन्द, अत्यधिक गर्मीका कारण पठनपाठन प्रभावित

0
Quantam abroad studies

कपिलवस्तु । तराई क्षेत्रमा निरन्तर बढ्दो तापक्रम र गर्मीको लहरका कारण विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बुद्धभूमि नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा चार दिनका लागि गर्मी बिदा घोषणा गरेको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेनुराम ज्ञावलीद्वारा जारी सूचनाअनुसार पछिल्ला दिनहरूमा अत्यधिक गर्मी बढ्दै जाँदा विद्यालयमा नियमित रूपमा शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्न चुनौतीपूर्ण बनेको छ। उच्च तापक्रमले विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम देखिएकाले तत्कालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

नगरपालिकाले जेठ २५ गते बसेको निर्णयका आधारमा वार्षिक शैक्षिक क्यालेन्डरमा समावेश बिदासँग समायोजन हुने गरी जेठ २६ गतेदेखि २९ गतेसम्म गर्मी बिदा लागू हुने जनाएको छ।

नगरपालिकाले बिदाको अवधिमा विद्यार्थी, अभिभावक तथा शिक्षकलाई अत्यधिक गर्मीबाट जोगिन आवश्यक सतर्कता अपनाउन, पर्याप्त पानी पिउन तथा स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ।

sahani furniture udyog

बिदा अवधि समाप्त भएपछि विद्यालयहरू पूर्वनिर्धारित तालिकाअनुसार नियमित रूपमा सञ्चालन हुने नगरपालिकाले स्पष्ट गरेको छ।

चर्किंदो गर्मीबीच विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै गरिएको यो निर्णयलाई अभिभावकहरूले स्वागत गरेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.