कपिलवस्तुमा काठ तस्करीको नयाँ जुक्ति, १४ गोलिया साल बरामद

0
Quantam abroad studies

कपिलवस्तु, असार ४ — वन पैदावार तस्करहरूले चोरी निकासीका लागि नयाँ जुक्ति अपनाउन थालेका छन्। ढुङ्गा र गिट्टीको ओसारपसार गर्ने सवारीसाधन प्रयोग गरी काठ तस्करी गर्ने प्रयासलाई कपिलवस्तु प्रहरीले विफल पारेको छ।

जिल्लाको विजयनगर गाउँपालिका–१, जवाबैराट क्षेत्रमा विशेष सूचनाका आधारमा प्रहरीले जाँच गर्दा ढुङ्गा र गिट्टी लोड गरिएको लु १ ख २६२८ नम्बरको टिप्परबाट ठूलो परिमाणमा सालको काठ बरामद गरेको हो।

प्रहरीका अनुसार टिप्परमा माथिबाट ढुङ्गा र गिट्टी राखी तलतिर लुकाएर राखिएको १४ गोलिया सालको काठ फेला परेको थियो। बरामद काठको परिमाण १८९ क्युबिक फिट रहेको छ भने यसको अनुमानित बजार मूल्य ४ लाख ७२ हजार ५ सय रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

sahani furniture udyog

प्रहरीले तस्करीको उद्देश्यले ओसारपसार भइरहेको आशंकामा टिप्परसहित काठ नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा संलग्न व्यक्ति तथा काठको स्रोतबारे समेत अनुसन्धान भइरहेको छ।

हाल वन पैदावार तस्करहरूले सुरक्षा निकायको निगरानी छल्न निर्माण सामग्री बोकेका सवारीसाधन प्रयोग गर्ने, काठलाई अन्य वस्तुको बीचमा लुकाएर ढुवानी गर्ने जस्ता नयाँ तरिका अपनाउन थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

वन विनाश तथा अवैध काठ कारोबार नियन्त्रणका लागि जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा निगरानी बढाइएको र यस्ता गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.