दुई महिनापछि भारततर्फ नेपाली चिया निर्यात पुनः सुचारु

0
Quantam abroad studies

काठमाडौं । करिब दुई महिनादेखि प्रशासनिक तथा प्राविधिक अवरोधका कारण रोकिएको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुरु भएको छ।

मेची भन्सार कार्यालयका अनुसार काँकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका चिया बोकेका ट्रकहरू भारततर्फ पठाइएपछि निर्यातले गति लिएको हो। पछिल्लो दुई दिनमै पाँच ट्रक चिया भारत निर्यात भइसकेको भन्सारले जनाएको छ।

भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले चिया आयातसम्बन्धी परीक्षण प्रक्रिया सहज बनाउँदै शतप्रतिशत परीक्षणको सट्टा २० प्रतिशत खेपमा मात्रै नमुना परीक्षण गर्ने व्यवस्था लागू गरेपछि निर्यातमा देखिएको अवरोध हटेको हो।

sahani furniture udyog

निर्यात रोकिँदा झापा र इलामका करिब ९९ चिया उद्योग प्रभावित भएका थिए भने लाखौं किलो तयारी चिया गोदाममै थन्किएको थियो। उद्योगीहरूले अब निर्यात सहज भएसँगै उद्योग सञ्चालन र बजार क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरेका छन्।

हाल पहाडी क्षेत्रको अर्थोडक्स चियाको निर्यात नियमित भइसकेको छ भने तराईको सीटीसी चिया पनि मूल्य निर्धारण टुंगिएसँगै केही दिनभित्र भारत निर्यात हुने व्यवसायीहरूको विश्वास छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.